२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सतुङ्गलबाट मोटरसाइकल चोर्ने युवक पक्राउ, चोरीको औजारसहित नियन्त्रणमा



काठमाडौं । काठमाडौंको सतुङ्गलबाट मोटरसाइकल चोर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलस्थित सिजी गेट अगाडिको क्षेत्रमा संकास्पद गतिविधि गरिरहेका युवकलाई मङ्गलबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको हो।

थानकोट प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्दा युवक भाग्न खोजेपछि उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने युवक धादिङ जिल्ला थाक्रे गाउँपालिका–१ घर भइ हाल काठमाडौंमा बसोबास गर्दै आएका २३ वर्षीय रीतक तामाङ रहेका छन्।

उनको साथबाट बा.प्र.०२–०३५ प ९०४७ नम्बरको २०० सिसी क्षमताको एनएस मोटरसाइकल र मोटरसाइकलको लक फोड्न प्रयोग गरिने टी आकारको फलामको रड बरामद गरिएको प्रहरीले जनाएको छ।

https://www.youtube.com/@lalitkhabar

हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।