२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेका ७० वर्षीय वृद्ध सुनकोसीमा बेपत्ता



काभ्रे

काभ्रेको तेमाल गाउँपालिका–३ श्रमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोसी नदीमा बेपत्ता भएका छन्। शनिबार दिउँसो स्थानीय मलुवा भन्ने स्थानबाट आफैँले नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पचुवारघाटबाट प्रहरी टोली पुगेको थियो। तर खोजीकार्य गर्दा समेत अहिलेसम्म माझीलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

सुनकोसी नदीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।