२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ्ग कसुरमा दोषी ठहर भई फरार ललितपुर लुभुका जनक राउत पक्राउ



ललितपुर। बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा बसोबास गर्दै आएका ६० वर्षीय जनक राउत रहेका छन्।

जनक राउतमाथि शोभा डिसीले दायर गरेको जाहेरीका आधारमा उच्च अदालत पाटनले २०७५ साल असार २४ गतेको फैसलामा २५ लाख रुपैयाँ बिगो भराउनुपर्ने, सो बराबर जरिवाना तिर्नुपर्ने र १ महिनाको कैद सजाय सुनाएको थियो।

उक्त फैसलाविरुद्ध राउतले पुनरावेदन गरे पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै उनलाई दोषी ठहर गरेको थियो। सर्वोच्चको फैसला आएपछि फरार रहेका राउतलाई प्रहरीले २०८२ साउन १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको छ।

अदालतको फैसला कार्यान्वयनमा प्रहरी सक्रिय
पछिल्लो समय फरार अभियुक्तहरूको खोजी र फैसला कार्यान्वयनमा प्रहरीले सक्रियता बढाएको छ। बैंकिङ्ग, ठगी तथा आर्थिक अपराधसम्बन्धी मुद्दामा दोषी ठहर भए पनि अदालतको फैसला नमान्ने र कानूनी प्रक्रिया टार्न खोज्नेहरूलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेको हो।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।