२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा क्रिप्टो कारोबारमा संलग्न युवक पक्राउ



काठमाडौं । काठमाडौं प्रहरीले क्रिप्टो करेंसीमार्फत अवैध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २०८२ साउन १७ गते साँझ ६ बजे काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित स्थानबाट सुशान्त दाहाल नाम गरेका युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने दाहाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा बस्दै आएका २१ वर्षीय युवक हुन्।

प्रहरीका अनुसार उनले USDT, BTC, ETH, र BNB जस्ता क्रिप्टो करेंसी प्रयोग गरी नेपाली रुपैयाँ ७८ लाख ३० हजार ३८८ बराबरको कारोबार गरेका थिए। नेपालमा क्रिप्टो कारोबार अवैध मानिने भएकोले उनलाई “अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूर” अन्तर्गत पक्राउ गरिएको हो।

बरामद वस्तुहरू:

१ थान मोबाइल फोन

२ थान सिम कार्ड

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (प्र.उ.) कुलदिप चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। नेपालमा क्रिप्टो करेंसी कारोबारमा कानुनी प्रतिबन्ध रहेको र यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि आवश्यक कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।