३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमतीका मुख्यमन्त्री बानियाँले गरे अति सीमान्तकृत परिवारलाई घर बनाइदिने निर्णय



हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पहिलो मन्त्रिपरिषद् बैठकमै आफ्नो मासिक पारिश्रमिकबाट निर्वाचन क्षेत्रका एक अति सीमान्तकृत परिवारलाई घर बनाइदिने घोषणा गरेका छन्।

मंगलबार बसेको बैठकले कृष्णकुमार तामाङलाई सरकारको प्रवक्ता तोकेको छ। बैठकले प्राकृतिक विपद्‌ व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने र विपद्‌पीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

स्वास्थ्य शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णयसमेत भएको छ।

बानियाँ नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्। एमालेसँगको गठबन्धनमा बनेको मन्त्रिपरिषदमा कांग्रेसबाट ३ र एमालेबाट ६ मन्त्रीले शपथ लिएका छन्। बाँकी ५ मन्त्री कांग्रेसभित्रको भागबन्डा विवादका कारण केही दिनमा तोकिनेछन्।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।