२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वनस्थलीबाट १६ लाख बराबरको धनमाल चोरी



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित वनस्थलीमा मंगलबार दिउँसो डेरा कोठाबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ।

चोरीमा परेकामध्ये मोरङको धनपालथान गाउँपालिका–५ घर भई हाल डेरा गरी बस्दै आएकी ३८ वर्षीया सृजना तिवारी र महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएकी ५१ वर्षीया बबिता वैदे रहेका छन्।

नेपाल प्रहरीका अनुसार उनीहरूको कोठाबाट नगद र विभिन्न सुनचाँदीका गरगहना गरी अनुमानित १६ लाख १७ हजार ९ सय ४६ रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान पनि भइरहेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।