२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा प्रयोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु भेटियो



ललितपुर । ललितपुर जिल्लामा परीक्षण गरिएको खानेपानीका नमुनामा फिकल कोलिफर्म जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार, जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको हो।

परीक्षणका लागि गोदावारी नगरपालिका, महांकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएको जारको पानीको नमुना परीक्षण गरिएको थियो।

फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो, जसले दूषित पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइडलगायतका सरुवा रोग फैलिन सक्ने डा. पौडेलले चेतावनी दिए। उनले दूषित पानी उमालेर वा फिल्टर प्रयोग गरी मात्र पिउन र पानीको स्रोत स्वच्छ राख्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।