काठमाडौं । रामेछाप मन्थली–७ स्थित सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज राधा कार्की चौहानको जीप दुर्घटनामा मृत्यु भएको छ भने उनका पति उत्तम चौहान गम्भीर घाइते भएका छन्।
आइतबार बिहानै हेटौँडामा अध्ययनरत छोरालाई भेट्न निस्केको बा १३ च ३९३५ नम्बरको स्कारपिओ जीप मन्थली नगरपालिका–६ बोक्से पहरो क्षेत्रमा सडकबाट करिब ३०० मिटर तल खसेको छ।
दुर्घटनास्थलमै राधाको मृत्यु भएको र घाइते उत्तमलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ।








प्रतिक्रिया