काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र उनका सहयोगी टिकाराम राउत विरुद्ध विशेष अदालत, काठमाडौंमा घुस लिएको आरोपमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार, चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोहीको नाममा लगत कट्टा गरी धनी प्रमाण पूर्जा बनाउने प्रयोजनमा कार्यालय प्रमुख आचार्य २४ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा आयोगले दुवै जनाले सेवाग्राहीसँग मिलेमतो गरी २४ लाख ५० हजार रुपैयाँको विगो कायम गरेको भेटेपछि मुद्दा दायर गरेको जनाएको छ।








प्रतिक्रिया