काठमाडौं । गुण्डा नाइकेका रूपमा परिचित मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । चक्रेसँगै राजेश खड्कालाई पनि ३० हजार रुपैयाँ धरौटी तोकिएको छ ।
अन्य १७ जनाको हकमा भने १० हजारदेखि २० हजार रुपैयाँसम्म धरौटी निर्धारण गरिएको छ । आदेशपछि उनीहरू धरौटी बुझाएर रिहा हुने प्रक्रियामा छन् ।








प्रतिक्रिया