काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १३ र १४ जोड्ने करुखुसी खोला माथि अनधिकृत रूपमा निर्माण गरिएका फलामे र कंक्रिटका पुलहरू भत्काइएको छ।
महानगरका अनुसार ती पुलहरूले खोलाको प्राकृतिक वहावमा अवरोध पुर्याउँदै बाढी र जलनिकास प्रणालीमा असर पार्ने खतरा उत्पन्न गरेका थिए।
वडा कार्यालय र महानगरको सहकार्यमा गरिएको कारबाही अन्तर्गत अनधिकृत संरचना भत्काएर खोला पूर्ववत् अवस्थामा ल्याउने कार्य भइरहेको छ।








प्रतिक्रिया