२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको खोकना कुष्ठरोग आरोग्य आश्रम: एक सय ३३ रोगीको सहारा



ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ। सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गर्नुभएको थियो। हाल उक्त स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ।

आश्रम वाग्मती नदीको किनारमा अवस्थित छ र हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन्। आश्रम करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ। आश्रम प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार हाल बस्नेभन्दा बढी बिरामी राख्न सकिने ठाउँ नभएकाले नयाँ व्यक्तिहरूलाई भर्ना गर्न नसकिने समस्या छ।

आश्रममा २१ देखि ९६ वर्ष उमेर समूहका बिरामीहरू बस्दै आएका छन्। बाबुआमा निधन भएपछि उनका सन्तानले आश्रममा बस्न नपाउने व्यवस्था हुनुले सामाजिक चुनौती थपिएको छ।

सन् २०७२ को भूकम्पमा राणाकालीन भवन क्षति पुगेपछि अधिकांश भवन दातृ निकायको सहयोगमा निर्माण गरिएको छ। सीमित संरचना र जनशक्तिका कारण बिरामीहरूले पर्याप्त सुविधा पाउन सकेका छैनन्।

आश्रममा बस्ने बिरामीका लागि प्राथमिक उपचार सेवा उपलब्ध छ। हप्तामा दुईपटक निःशुल्क उपचार दिइन्छ भने जटिल अवस्थाका बिरामीलाई पाटन अस्पताल वा टीकाभैरवको आनन्दवन अस्पतालमा निःशुल्क उपचार गरिन्छ।

७० वर्षीय काजीमान तामाङले भने, “तेह्र वर्षमा आश्रम आएँ, अहिले ७० वर्ष पुगेँ। जीवनको अधिकांश समय यहीँ बितेको छ। आश्रमले नेपालमा कुष्ठरोगी व्यवस्थापन र पुनःस्थापनामा ठूलो योगदान दिएको छ।”

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।