ललितपुर । पहिरोका कारण आज बिहानैबाट त्रिभुवन राजपथको भैँसे–सिमभञ्ज्याङ सडक खण्ड अवरुद्ध भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडाको सडक खण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैँसेबाट प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।








प्रतिक्रिया