२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा दर्शन र पूजा



ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको दर्शन, पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित कृष्ण मन्दिर पुगेका थिए। राष्ट्र प्रमुखको हैसियतमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने परम्परा रहँदै आएको छ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

स्थानीय किंवदन्तीअनुसार, मूलत: महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि तत्कालीन राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनी कृष्णको मन्दिर फेला परेको थियो। त्यसपछि तल कृष्ण मन्दिर र माथि शिव मन्दिर स्थापना गरिएको मानिन्छ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।