ललितपुर । ललितपुरमा ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटनाका अनुसार, भदौ १ गते राति करिब ३ बजे ललितपुरको हात्तीवनबाट चालक बद्री नगरकोटीले चलाएको बीएएच ९३४५ नम्बरको ट्याक्सीमा चढेका दुई जनाले उनलाई ललितपुरको ठैबतर्फ जाँदै गर्दा खुकुरीले आक्रमण गरेका थिए।
ट्याक्सी ठेक्बार गर्दै ललितपुरको गोदावरी नगरपालिका–१४, ठैब दमाइटार सडक खण्डमा पुगेपछि उनीहरूले चालक नगरकोटीको घाँटी र देब्रे हातमा खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। साथै, उनीहरूले चालकसँग रहेको नगद, मोबाइल र चाँदीको सिक्री लुटेर फरार भएका थिए।
पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर महानगरपालिका–१७, शिवटोल बस्ने सिमन राई र इमाडोल बस्ने १८ वर्षीय सविन राई रहेका छन्। उनीहरूलाई सोमबार बेलुका पक्राउ गरी ज्यान मार्ने उद्योग र डाँका चोरीको आरोपमा म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ।








प्रतिक्रिया