काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो । जसअनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।
ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ । त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ । भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।








प्रतिक्रिया