२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


१ करोड ठगी गरेको आरोपमा हरिसिद्धिबाट एक जना पक्राउ



ललितपुर । दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ घर भएका ३८ वर्षीय साहारा सुव्वा थेवे रहेका छन् । काठमाडौँको नक्सालमा बस्दै आएका थेवेलाई ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रहरी अनुसन्धान अनुसार उनले ९ जना पीडितबाट करिब १ करोड रुपैयाँ ठगेको खुल्न आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।