काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौँको विष्णुमती नदीको जलसतह सतर्कता तह नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गोङ्गबुस्थित जलमापन केन्द्रमा शुक्रबार साँझ जलसतह सतर्कता तह आसपासमा रहेको र अझै बढ्दो क्रममा छ ।
विभागले नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारण र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पानीको बहाव बढ्दै गएमा बाढी र डुबानको सम्भावना रहने भएकाले जोखिमपूर्ण स्थानहरूमा नबस्न र सुरक्षित स्थानमा सर्न विभागले सचेत गराएको छ ।








प्रतिक्रिया