२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा गुणस्तरहिन जारबाट पानी बिक्री, धमाधम नष्ट गर्दै महानगर



काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीका जारहरूको गुणस्तर अनुगमनलाई तीव्र बनाउँदै पछिल्लो दस दिनमा २६४ गुणस्तरहीन जार बरामद गरी नष्ट गरेको छ।

महानगरपालिकाले कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको संयुक्त चेकपोस्टमार्फत गरेको अनुगमनमा विभिन्न क्षेत्रमा मापदण्डविपरीतका जारहरू भेटिएका हुन्। गत शुक्रबार काठमाडौँ–३ मा १५ गाडीमा फेला परेका ५८ जार, बुधबार वडा नं. १६ मा १३ गाडीमा फेला परेका ४१ जार, कोटेश्वरमा ६८ जार, गोङ्गबुमा ५८ जार र बल्खुमा ३९ जार कुच्चिएर नष्ट गरिएको महानगरपालिकाले जनाएको छ।

बरामद सबै जारहरू नष्ट गर्न महानगर प्रहरी बल जिम्मेवार रहेको छ। अनुगमनका क्रममा पानी उत्पादक र वितरकहरूलाई मापदण्डविपरीतका जार बिक्री-वितरण नगर्न, लेबल स्पष्ट राख्न, कम्पनीले जारी गरेको बिल/बिजक गाडीमै बोकेर हिँड्न र पानीको गुणस्तरप्रति संवेदनशील हुन निर्देशन दिइएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।