२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनविरुद्ध आज पनि कवाडी व्यवसायीको आन्दोलन



काठमाडौं । पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले आज पुनः काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन्।

व्यवसायीहरूले संविधानले दिएको पेशा–व्यवसाय गर्ने हकलाई सुनिश्चित गर्नुपर्ने मागसहित नाराबाजी गर्दै महानगर कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले काठमाडौं महानगरबाट भइरहेका कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने गतिविधि तत्काल रोक्नुपर्ने माग राखेका छन्। साथै, ज्यादतीमा संलग्न महानगर प्रहरीले कानुनी कारबाहीको दायरामा पर्नुपर्ने पनि उनीहरूको माग छ।

यसअघि हिजो (सोमबार) पनि कवाड व्यवसायी, संकलक र मजदुरहरूले कमलादीस्थित महानगरको कार्यालय अगाडि धर्ना दिएका थिए।

व्यवसायीहरूले सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गर्दै जिउ–धनको सुरक्षा सुनिश्चित गर्नुपर्ने अडान लिएका छन्। विगत दुई वर्षमा महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग पनि उठाइएको छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।