२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा साढे ९१ लाख रकमसहित पक्राउ परेका स्याङ्तानविरुद्ध ६ दिन म्याद थप



काठमाडौं । ललितपुरबाट साढे ९१ लाख रकमसहित पक्राउ परेका सिन्धुलीका गौरव स्याङ्तानलाई ६ दिन म्याद थप गरिएको छ । सोमबार साँझ पक्राउ परेका उनीविरुद्ध मंगलबार जिल्ला अदालत, ललितपुरले ६ दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ । उनीविरुद्ध अनलाइन सट्टेबाजी र लागूऔषधको कसुरमा म्याद थप गरिएको हो ।

उनीबाट करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।साथै, डेढ किलो गाजा पनि बरामद भएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।