२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आफैलाई जलाएका लक्ष्मण पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन



काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

जलेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

पासवानले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका थिए। उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।