ललितपुर
गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका दीपक विष्टको मृत्यु भएको हो।
गोदावरी नगरपालिका–२ बस्ने ३८ वर्षीय विष्टको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।








प्रतिक्रिया