२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति आर्यघाटमा शवको हड्डी बेचबिखन गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

मुद्दा दर्ता हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद (जीवनाथ) ढकाल, उदयपुरको कटारी नगरपालिका-८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका-६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध धर्मसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलामा उनीहरूको बयान भइरहेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ र त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेक/धरौटीमा छाड्ने आदेश आउने छ।

प्रहरीका अनुसार, राम शाहीको मृत्युपछि २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो। आर्यघाट सेवा केन्द्रबाट जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए। आधा शव जलेको अवस्थामा जीवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको र विनायकले त्यसलाई कपुरको बट्टामा राखेर रामनन्दन र मिश्रीलाललाई बिक्री गरेको आरोप छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।