२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सडकमा ‘पार्क’ गरिएको बसमा तीब्र गतिको स्कुटर ठोक्किँदा दुई युवकको निधन



काठमाडौँ
काठमाडौँ महानगरपालिका ३२ जडीबुटीस्थित आकासे पुल नजिक सडकमा ‘पार्क’ गरिएको बसमा तीब्र गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको निधन भएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिा–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा निधन भएको हो ।

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।