काठमाडौं । काठमाडौं महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठसहित अन्य १० जना रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास बरामद गरेको जनाएको छ। बरामद सामग्रीसहित पक्राउ परेकालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको र कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।








प्रतिक्रिया