२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुङ्गा चेकपोइन्टबाट १०२० एम्पुल लागुऔषधसहित एकजना नियन्त्रणमा



काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंले चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गा चेकपोइन्टमा १०२० एम्पुल लागु औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार  राजविराजबाट काठमाडौं तर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु बस चेकजाँचका लागि रोकिएको थियो । सो क्रममा सप्तरी, छिन्नमस्ता गाउँपालिका–१ बस्ने १९ वर्षीय रंजित मेहेता झोलामा लुकाइ ल्याएको लागु औषधसहित पक्राउ परेका हुन् ।

बरामद लागुऔषधमध्ये समावेश छन्:

DIAZEPAM – ३४० एम्पुल

PROMETHAZINE – ३४० एम्पुल

BUPRENORPHINE – ३४० एम्पुल

प्रहरी वृत्त थानकोटले हाल अनुसन्धान सुरु गरेको छ । प्रहरीले आम नागरिकलाई लागु औषध सम्बन्धी अपराधबाट सचेत रहन अपील गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।