काठमाडौं
काठमाडौं महानगरका मेयर बालेन शालले सरकारले बन्द गरेको सामाजिक सञ्जालको विरुद्ध आवाज उठाएका छन् ।
मेयर बालेनले फेसबुकबाटै बालेनले राजधानीमा सोमबार आयोजना हुन लागेकोस्वतफुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।’
उनले सोधका छन्, ‘प्रिय जेन जेड भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’
केन्द्र सरकारको निर्णय विरुद्ध उभिएका मेयर बालेनको यो कदमलाई सबैले रुचिपुर्वक हेरेका छन् ।
सरकारले दुई दिनअघि आधिकारिक रुपमा सामाजिक सञ्जाल दर्ता नभएको कारण देखाउदै क्रमशः निश्त्रिलय बनाउने निर्णय गरेको थियो । सवोच्च अदालतले समेत सो निर्णयलाई सदर गर्दै सरकारको कदम उचित ठह¥याएको थियो ।
२२ भाद्र २०८२, आइतबार
6
Shares








प्रतिक्रिया