२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँबानेश्वर क्षेत्रमा पुग्यो नेपाली सेना



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएपछि नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको छ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा प्रदर्शनकारी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । त्यसलगत्तै नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको हो ।

जेनजीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा राति साढे १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । कर्फ्यु जारी भएपनि त्यस क्षेत्रको अवस्था पनि तनावग्रस्त छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।