काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा तोडफोड र आगजनी भएको छ । सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशका विभिन्न भागमा आन्दोलन चर्किरहेको छ।
यसै बीच कांग्रेसको केन्द्रीय कार्यलायमा तोडफोड र आगजनी भएको हो ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले नसक्दा उनीहरूले कार्यालय कब्जा गरेका हुन् । यसअघि एमाले मुख्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।








प्रतिक्रिया