काठमाडौं । भैंसापाटीस्थित मन्त्री निवासमा सेनाको हेलिकोप्टर अवतरण गरेको छ । मन्त्री क्वार्टरबाहिर प्रदर्शनकारीको भिड जम्मा भईभित्र प्रवेश गर्न खोजेपछि सेनाको हेलिकोप्टर पुगेको हो ।
मन्त्री क्वार्टरभित्र नेपाल सरकारका मन्त्री तथा उनीहरूका परिवारका सदस्यहरू रहेका छन् । मन्त्रीहरू बाहिर निस्कन नसक्ने अवस्था भएको र प्रदर्शनकारी भित्र प्रवेश गर्न खोजेपछि नेपाली सेना उद्धारको लागि पुगेको हो ।
नेपाली सेनाले मन्त्री क्वार्टरको सुरक्षा बढाएको छ भने भित्र रहेकाहरूलाई उद्धार गर्ने तयारी गरेको एक प्रहरी अधिकारीले बताए ।








प्रतिक्रिया