२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बनेपाबाट बन्दुक र गोली गठ्ठासहित ९ जना पक्राउ



काभ्रे
काभ्रेको बनेपाबाट बन्दुक र गोली गठ्ठासहित ९ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बनेपा नगरपालिकाबाट एउटा बन्दुक सहित ९ बाट ७ सय ६६ राउण्ड गोलीसँगै ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका–९ लाईकु डेरा गरी बस्ने मण्डनदेउपुर नगरपालिका–७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठ, बनेपा नगरपालिका–९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सन्तोष श्रेष्ठको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३६ राउण्ड सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।