अभिनेत्री कटरीना कैफ आमा बन्न लागेको हल्ला छ ।
बलिउडको चर्चित जोडी कटरीना कैफ र विक्की कौशल सधैंजसो चर्चामा रहने गर्छन् । यो जोडी चाँडै नै आमा–बुवा बन्ने खबरले प्रशंसकहरूलाई निकै उत्साहित छन् । यद्यपि कटरीना र विक्की दुवै यसबारे मौन छन्, हल्ला भने दिनानुदिन बढ्दै गएको छ।
केही हप्तादेखि कटरीनाको गर्भावस्थाबारेको हल्ला छ । पापाराजीले खिचेका फोटोदेखि सामाजिक सञ्जालका पोस्ट र ट्विटसम्म, प्रशंसकहरूलाई लाग्दैछ केही न केही हुँदैछ । धेरैलाई त लाग्छ, कटरीना हाल आफ्नो व्यक्तिगत जीवनको गोपनीयता जोगाउन सार्वजनिक जीवनमा अलि कम सक्रिय छिन्।
उनका सार्वजनिक उपस्थितिहरू हरेक पटक चासोको विषय बन्छन्। ढिलो–ढालो लुगा लगाउनु वा कुनै कार्यक्रमबाट टाढा रहनु जस्ता साना कुरा पनि उनको गर्भावस्था भएको अनुमान गर्न पर्याप्त मानिन्छ।








प्रतिक्रिया