२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं प्रहरी प्रमुखमा रमेश थापा, विश्वराज अधिकारी हटाइए



काठमाडौं । गृह मन्त्रालयले काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको स्थानमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिएको छ ।

एसएसपी अधिकारी जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग र फितलो सुरक्षा व्यवस्थाको आरोपमा विवादमा तानिएका थिए ।

भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको बल प्रयोगका कारण स्थिति नियन्त्रणबाहिर गएको थियो । प्रहरीको सुरक्षा रणनीतिमा गम्भीर कमजोरी भएको विश्लेषणपछि यो कदम चालिएको बताइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।