२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेमा गएराति झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि आक्रमण भएको छ। झगडाको खबर दिएपछि प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थल पुगेका थिए। तर, त्यही बेला झगडा गर्ने समूहले उनीहरूमाथि हातपात गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आक्रमणका क्रममा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन्। उनीहरूको उपचार सूर्यविनायक नगर अस्पतालमा गरिएपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमै दोलखा मेलुङ नगरपालिका घर भई सूर्यविनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरेको छ। त्यसपछि थप फौज परिचालन गरी प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गरेको छ। हाल उनीहरूविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।