काठमाडौं । काठमाडौँको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ईश्वरराज पौडेल नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको हो। यसअघिका सिडिओ छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ।
जेन जेड आन्दोलनमा गोली चलाउन आदेश दिएको विवादसँगै उनलाई हटाउनुपर्ने आवाज उठेको थियो। यसैबीच, हिजो मात्र गृह सचिवको पनि सरुवा भएको थियो।
८ आश्विन २०८२, बुधबार
12
Shares








प्रतिक्रिया