२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब अनलाइन दर्ता तथा नवीकरण कार्य सूचना विभागबाटै हुने



काठमाडौं । अनलाइन दर्ता तथा नवीकरण सम्बन्धी कार्य सूचना विभागबाट पूर्ववत् अवस्थामै हुने भएको छ ।

यसअघि, जिल्ला प्रशासन कार्यालयबाट हुने भनिएको व्यवस्थालाई उल्ट्याउँदै सरकारको मन्त्रिपरिषद बैठकले पूर्ववत् अवस्थामा नै अनलाइन दर्ता तथा नविकरण सम्बन्धी कार्य सूचना विभागबाटै हुने निर्णय गरेको हो ।

‘छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको छ,’ सञ्चारमन्त्री जगदीश खरेलले भने, ‘अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासनबाट गर्नु पर्ने छैन । सूचना विभागबाट पूर्ववत अवस्थामा गर्न पाइन्छ ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।