२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ, धुलो–हिलो झेल्दै यात्रु



काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक विस्तारको काम सुस्त गतिमा चल्दा दशैंको समयमा यात्रुले धुलो, हिलो र धुवाँ झेल्नु परेको छ।

सडक विस्तार कार्य २०७९ पुस २४ बाट सुरु भएको भए पनि हालसम्म कार्य सम्पन्न हुन सकेको छैन। सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटरको लागि ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किलोमिटरको लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो।

सडक आयोजना कार्यालयका अनुसार मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तार कार्य बजेट अभाव र भू–गोलिक कठिनाइका कारण ढिलाइ भएको हो। तीनवटा पुल, जगाती र महादेवखोला नजिकको पेट्रोल पम्पमा निर्माण गर्न आवश्यक पर्ने १ अर्ब रुपैयाँ थप लागत लाग्ने अनुमान गरिएको छ।

साँगा–धुलिखेल सडकखण्डमा भौगोलिक बनावट कमजोर भएकाले डेढ–दुई किलोमिटर क्षेत्रमा सर्भिस लेन निर्माण गर्न नसकिने देखिएको छ। त्यहाँ सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको मुआब्जा करिब १ अर्ब रुपैयाँ पर्ने जनाइएको छ।

२०१७ मा राजमार्ग निर्माण हुँदा सडक दायाँ–बायाँ २२.८६ मिटर कायम गरिएको थियो, र २०२१ सालमा सोही नियम कायम गरिएको थियो। यस मार्गमार्फत् काठमाडौंबाट बागमती प्रदेशदेखि मध्यपहाडी मार्ग हुँदै पूर्वसम्मको आवतजावत हुने गर्दछ।

सडक विस्तार कार्य ढिलाइ हुँदा यात्रुहरू असुविधामा परेका छन् भने आयोजना पूरा नहुँदा पूर्व–पश्चिम आवतजावतमा असर पर्ने आशंका व्यक्त गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।