२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बस्तीबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ



काठमाडौँ
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ नयाँ बस्तीबाट प्रहरीले रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।