२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा विजयदशमीको राति ‘खाँ पिहाँ वइगु’ जात्रा



भादगाउँ (भक्तपुर)
मध्यपुर थिमि–७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार बिहीबार राति जात्रा निकालिएको हो ।

नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ ।

दरबारबाट पमा नायो (प्रधान नाइके)को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए । ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए ।

सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ ।

जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ११ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।