२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भट्टेडाँडामा दुई महिलाको शव फेला, प्रहरी भन्छ, ‘विपत्तमा परेको होइन’



ललित खबर
दक्षिण ललितपुरको वागमती ३ नयाँगाँउमा दुई महिलाको शव फेला परेको छ ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार आइतबार विहान ८ बजे दुई बर्ष ६३ को कान्छी मायाँ मार्पा र बर्ष ६५को फुल मायाँ बजुको शव फेला परेको हो ।
दुई जनाको अविरल बर्षा पनि विपतमा परेको हल्ला भए पनि त्यसो नभएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
प्रहरी भन्छ, ‘दशैं पर्वमा धेरै मदिरा सेवन गरेको भन्ने सुन्नमा आएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि सबै खुल्छ ।’
घटनास्थलमा बाढी पहिरोले कुनै क्षति पुगेको अवस्था नरहेको प्रहरीले ललितखबरलाई जानकारी दिएको छ ।
वागमती गाँउपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीले प्रहरीको अनुसन्धानपछि सबै खुल्ने बताएका छन् । यद्यपी गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चन भने अविरल बर्षाका कारण निधन भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत थप कारण नखुलाई जानकारी दिएपछि अन्यौल श्रृजना भएको थियो ।
दुवै शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।