भक्तपुर । अविरल वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–९ माझापाटी क्षेत्रमा आएको पहिरोले क्षति पुर्याएको छ।
नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहकार्यमा पहिरोले थप क्षति नहोस् भनेर तत्कालै जोखिम न्यूनीकरण कार्य अघि बढाइएको हो। प्रभावित स्थानमा पहिरो हटाउने काम भइरहेको र थप क्षति रोक्न बाधसमेत लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
लगातारको वर्षासँगै भक्तपुरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।








प्रतिक्रिया