२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि सडकमा फेला परेका व्यक्तिको मृत्यु, सनाखत भएन



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पताल पुर्‍याइएको थियो । उनलाई चिकित्सकले ८:४० बजे मृत घोषणा गरेका थिए ।
अन्दाजी ३०–३५ वर्ष उमेरका ती व्यक्तिको नाम, थर र ठेगाना खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चिन्ने हुनेहरूले प्रहरी कन्ट्रोलको १०० नम्बर वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।