काठमाडौं । माइतीघर मण्डलामा बिहीबार हुने भनिएको ‘एनटिएके-जेड’ समूहको प्रदर्शन स्थगित गरिएको छ । समूहले बिहीबार बिहान १० बजेबाट प्रदर्शन गर्ने भनी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको निवेदन विचाराधीन रहँदै बुधबार नै प्रदर्शन नगर्ने निर्णय सार्वजनिक गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ एक सूचना मार्फत समूहले कार्यक्रम स्थगित गरेको जानकारी दिँदै सोही नाममा वा अन्य कुनै अनौपचारिक समूहबाट कार्यक्रम गर्न खोजिए कानुन विपरीतका गतिविधि हुनसक्ने भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अराजक तत्त्वहरूको घुसपैठ, आगजनी र तोडफोड भएका घटनाको पुनरावृत्ति हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले प्रदर्शनकारी, अभियन्ता, राजनीतिक शक्ति र नागरिक समाज सबैलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।
प्रशासनले कोही कसैले अवाञ्छित गतिविधिमा संलग्न भएको वा हुनसक्ने सूचना भएमा नजिकको सुरक्षा निकाय वा प्रहरी हटलाइन नम्बर १०० मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।








प्रतिक्रिया