२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माइतीघर मण्डलामा आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा



काठमाडौं । राजधानीको माइतीघर मण्डलामा बिहीबार आत्मदाह प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आत्मदाह गर्नबाट रोकेर उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ निवासी कान्छाराम लामा हुन्। उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार लामा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फसेका कारण मानसिक तनावमा थिए र सोही कारणले आत्मदाहको प्रयास गरेका हुन्।

घटनाको समयमा उनी जेनजी समूहका प्रदर्शनकारीहरूसँगै माइतीघरमा पुगेका थिए। प्रदर्शनकै बीचमा उनले आत्मदाहको प्रयास गरेपछि प्रहरी र उपस्थित व्यक्तिहरूले तत्काल रोकेर नियन्त्रणमा लिएका हुन्।

त्यसक्रममा प्रहरीले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोजेको अभियोगमा जेनजी समूहका २५ जना प्रदर्शनकारीलाई समेत पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।