२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारबाट भागेका कैदीद्वारा ठमेलमा युवकको हत्या



ललितपुर । नख्खु कारागारबाट फरार भएका एक कैदीले काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ। फरार कैदी आकाश मगरले १३ असोजमा ठमेलमा सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका २५ वर्षीय तामाङलाई मगरले पुरानो रिसईबीका कारण आक्रमण गरेको आशंका प्रहरीले गरेको छ। खुकुरी प्रहारबाट घाइते तामाङलाई तत्कालै उपचारका लागि वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मगर लुटपाट तथा डकैतीको मुद्दामा नख्खु कारागारमा थुनामा थिए। उनी २४ भदौमा “जेन–जी आन्दोलन” का क्रममा भएको तोडफोडपछि कारागारबाट भागेका थिए। हत्यापछि पनि उनी अझै फरार रहेको प्रहरीले जनाएको छ।

घटनास्थल वरपरको सीसीटीभी फुटेज र प्राविधिक अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता पुष्टि भएको एक प्रहरी अधिकृतले बताएका छन्। यसअघि पनि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।