२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्धाराबाट भागेका ज्यान मुद्दाका कैदी बुलबुलेबाट पक्राउ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दाका दोषी मोरङका ३८ वर्षीय प्रेम विश्वकर्मालाई प्रहरी वृत्त गौशालाले काठमाडौंकै वडा नम्बर ७ बुलबुलेबाट नियन्त्रणमा लिएको हो।

अदालतले २५ वर्ष कैदको फैसला गरेपछि ५ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका विश्वकर्मा जेनजी आन्दोलनमा भएको तोडफोडको मौका पारी भागेका थिए।

विश्वकर्माले अझै २० वर्ष कैद भुक्तान गर्न बाँकी छ। उनलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाले सुन्धारा कारागारमा पठाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।