ललितपुर । ललितपुर महानगरपालिकाले सडकका पोल र सार्वजनिक स्थानमा बिना अनुमति विज्ञापन टाँसेको आरोपमा एक कम्पनीलाई जरिवाना गरेको छ।
महानगरपालिकाले Agro Thai Food Pvt. Ltd. लाई अनधिकृत रूपमा विज्ञापन टाँसेर शहर फोहोर बनाएको भन्दै रु.१० हजार जरिवाना गरेको हो।
महानगरका अनुसार उक्त कम्पनीले बिना अनुमति पोल र सडकछेउका स्थानमा पोस्टर टाँसेर नगरको सौन्दर्यमा असर पुर्याएको थियो। यसलाई “अनाधिकृत विज्ञापन” का रूपमा लिइएको र कार्यविधिअनुसार कारबाही गरिएको महानगरले जनाएको छ।
ललितपुर महानगरपालिकाले हालै सार्वजनिक स्थानमा फोहोर हुने गरी पोस्टर, ब्यानर वा विज्ञापन टाँस्नेहरूविरुद्ध निगरानी कडा पारेको छ।








प्रतिक्रिया