काठमाडौं
काठमाडौंको जडिबुटीमा टिपरको ठक्करपछि पैदलयात्रीको निधन भएको छ ।
टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर
गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको गए राति निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै
गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरले युवकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको हो । टिपर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको छ ।








प्रतिक्रिया