ललितपुर । जेन–जी आन्दोलनको मौका छोपेर ललितपुरस्थित नख्खु कारागारबाट भागेका सोलुखुम्बुको लिखुखोला गाउँपालिकाका ३० वर्षीय निमा खुर्पा खत्री पक्राउ परेका छन् ।
गत २४ भदौमा भागेका उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले नयाँबस्तीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनले चोरी डकैती मुद्दामा २ वर्ष कैद सजाय गरिरहेका थिए ।
२४ भदौमा जेन–जी आन्दोलन चर्किएपछि सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए ।








प्रतिक्रिया